दमौली । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत तनहुँको ऑबुखैरेनी क्याम्पसमा ४० प्रतिशत मतदान सकिएको छ । आइतबार बिहान ८ बजेदेखि सुरु भएको मतदानमा ४० प्रतिशत मत खसेको हो ।
क्याम्पसमा २६७ मतदाता छन् । स्ववियु निर्वाचनका लागि यो क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनबाट निशान मगर सभापतिका उम्मेदवार छन् ।
यस्तै अनेरास्ववियुबाट कृशल कंडेल सभापति उम्मेदवार छन् ।