जिल्लास्तरीय आइटिएफ तेक्वान्दोको उपाधि ऋषिङपाटनलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    जिल्लास्तरीय आइटिएफ तेक्वान्दोको उपाधि ऋषिङपाटनलाई

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०७९, आईतवार

    दमाैली । भिमाद आइटिएफ एकेडेमीको आयोजनामा सम्पन्न तनहुँ जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि ऋषिङपाटन तेक्वान्दो एकेडेमीले जितेको छ ।

    भिमाद नगरपालिका–६ स्थित नगर उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न प्रतियोगितामा कूल २५ पदक जित्दै ऋषिङपाटन तेक्वान्दो एकेडेमीले उपाधि हासिल गरेको हो ।

    ऋषिङपाटनले दश स्वर्ण, आठ रजत र सात कास्य पदक जितेको तनहुँ जिल्ला आइटिएएफ तेक्वान्दो सङ्घका अध्यक्ष एवं कार्यक्रम संयोजक आकाशचन्द्र घर्ती मगरले जानकारी दिए।

    प्रतियोगितामा भिमाद आइटिएफ तेक्वान्दो ऐकेडेमी ३८ पदक जितेर दोस्रो भएको छ । भिमादले नौ स्वर्ण, दश रजत र १९ कास्य पदक जितेको छ ।

    त्यस्तै शुक्लागण्डकी आइटिएफ तेक्वान्दो दोजाङ २७ पदक जितेर तेस्रो भएको छ । शुक्लागण्डकीले सात स्वर्ण, आठ रजत र १२ कास्य पदक जितेको छ ।

    प्रतियोगितामा भिमादकी खेलाडी मोनिका कुवंर उत्कृष्ट महिला खेलाडी र शुक्लागण्डकीका अनिश थापा उत्कृष्ट पुरुष खेलाडी घोषित भइन् । उत्कृष्ट घोषित कुंवरले रातो पेटी एकल प्याट्रन र ४०–४५ केजी समूहतर्फ स्वर्ण पदक जितेका थिए । त्यस्तै थापाले रातो पेटी एकल प्याट्रन र ४५–५० केजी समूहतर्फ स्वर्ण पदक जितेका थिए ।

    प्रतियोगितामा तनहुँका विभिन्न पाँच दोजाङका करिब एक सय ५० खेलाडीको सहभागिता रहेको थियो । प्रतिभावान खेलाडीहरुको पहिचान तथा प्रोत्साहन, खेलाडीहरुको स्तरीयता अभिवृद्धि, ग्रामीण भेगमा खेलको महत्व बुझाउनुका साथै खेल पर्यटन मार्फत् जिल्लालाई अग्रसर गराउने उद्धेश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।