दमौली । शुक्लागण्डकी नगरपालिका-७ स्थित सरस्वती नमूना माध्यमिक विद्यालयको बस खरिदका लागि तनहुँ बारका पूर्व अध्यक्ष शिवदत्त ढकालले आर्थिक सहयोग गरेका छन् । ढकालले बस खरिदका लागि ५ हजार ५ सय ५५ सहयोग गरेका हुन् ।
विद्यालयले बस सञ्चालनका लागि आर्थिक सहयोग संकलन अभियान चलाइरहेको छ । आफूले अध्ययन सुरु गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको ढकालले बताए ।
ढकाल सोही विद्यालयको सल्लाहकार सदस्य पनि हुन् ।