स्ववियु निर्वाचन : आदिकविमा सहमतिमा नेतृत्व चयन हुँदै, यसरी गरिँदैछ भागबण्डा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्ववियु निर्वाचन : आदिकविमा सहमतिमा नेतृत्व चयन हुँदै, यसरी गरिँदैछ भागबण्डा

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०७९, सोमबार

    दमाैली । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा सहमतिमा नेतृत्व चयन गरिने भएको छ । चैत ५ गते हुनुपर्ने स्ववियु निर्वाचन सहमतिका लागि भन्दै स्थगित गरिएको थियो ।

    सबै विद्यार्थी सङ्गठनको सहभागिता रहने गरी स्ववियुमा भागबण्डाको तयारी भएको छ ।

    नेपाल विद्यार्थी सङ्घले सभापति, उपसभापति, सचिव र केही सदस्य पाउनेछ भने अनेरास्ववियुले सहसचिव पाउने भएको छ ।

    अखिल (क्रान्तिकारीले कोषाध्यक्ष सहित दुई सदस्य पाउनेछ भने नेत्रविक्रम चन्द नेतृत्वको अखिल (क्रान्तिकारी) ले दुई सदस्य, नेकपा एस निकट अनेरास्ववियूले एक सदस्य र नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) संयुक्तले एक सदस्य पाउने भएको छ ।

    आदिकवि भानुभक्त क्याम्पसको स्ववियु निर्वाचनको इतिहासमै पहिलो पटक सहमतिमा नेतृत्व चयन हुन लागेको छ । आदिकविको स्ववियु नेपाली काङ्ग्रेसको गढ मानिन्छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । यस अनलाइनमा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।