चन्द्र भण्डारीलाई सरकारले दियो ५५ लाख उपचार खर्च
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चन्द्र भण्डारीलाई सरकारले दियो ५५ लाख उपचार खर्च

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०७९, सोमबार

    काठमाडाै । आगालागीमा परेर घाइते भएका सांसद चन्द्रकान्त भण्डारीलाई अर्थमन्त्रालयले ५५ लाख ८८ हजार १ सय ६४ रुपैया सहायता दिएको छ।

    गत महिना खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा उनी र उनकी आमा घाइते भएका थिए।

    आमाको उपचारको क्रममा निधन भएको थियो भने भण्डारी अहिले भारतको मुम्बईमा उपचाररत छन्। उनको स्वास्थ्यमा सुधार भैरहेको उनको सचिवालयले सामाजिक संजाल मार्फत जानकारी दिएको छ। 

    फागुन ११ गतेको मन्त्रिपरिषद बैठकले उपचारमा लागेको खर्च ब्यहोर्ने निर्णय गरेको थियो। जस अनुसार फागुन महिनामा ५५ लाख ८८ हजार रुपैयाँ सहायता उपलब्ध गराएको अर्थले जनाएको छ।  

    यस्तै, अर्थ मन्त्रालयले रामबाबु अधिकारी, विश्वेन्द्र पासवान र संग्रामे सार्कीलाई जनही ३ लाख रुपैयाँ आर्थिक सहायता समेत प्रदान गरेको मन्त्रालयले जानकारी गराएको छ। (नेपाल खबर)