आदिकविको स्ववियु उपसभापतिमा दिनेश, सविन सहसचिव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    आदिकविको स्ववियु उपसभापतिमा दिनेश, सविन सहसचिव

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०७९, मंगलवार

    दमौली । व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसको स्ववियु उपसभापतिमा दिनेश विश्वकर्मा मनोनित भएका छन्। समानुपातिकबाट सदस्य बनेका उनलाई पहिलो बैठकले उपसभापति मनोनित गरेको हो ।

    त्यस्तै सहसचिवमा सविन लामिछाने मनोनित भएका छन् । उनी पनि समानुपातिकतर्फबाट सदस्य चयन भएका थिए ।

    स्ववियु सभापतिमा गौरव पन्थ सर्वसम्मत चयन भएका थिए । आदिकविमा पहिलोपटक सहमतिमा स्ववियु नेतृत्व चयन भएको थियो।