दमौली । मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका-३ मा बसको ठक्करबाट तनहुँकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका-८ घर भई हाल नवलपुरको गैडाकोट-४ बस्ने ७६ वर्षीया खिलमाया श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
भे १ ख २७५४ नम्बरको बसको ठक्करबाट घाइते श्रेष्ठको जिल्ला अस्पताल जोमसोम हुँदै बेनी पुर्याइएकामा बेनी अस्पतालमा मृत्यु भएको हो । बस र चालक प्रहरी नियन्त्रणमा छन् ।
मुक्तिनाथ मन्दिर दर्शन गरी उपल्लो मुस्ताङको कोरोला नाकातर्फ जाने क्रममा उनलाई बसले ठक्कर दिएको थियो ।