मन्त्री माग्दै काङ्ग्रेस तनहुँ नेतृत्व काठमाडाैमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मन्त्री माग्दै काङ्ग्रेस तनहुँ नेतृत्व काठमाडाैमा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । नेपाली काङ्ग्रेस तनहुँका जिल्ला स्तरीय नेताहरु काठमाडाै पुगेका छन् । जिल्ला सभापति जितप्रकाश आले, उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ लगायत पदाधिकारी एवं जिल्ला तहका नेताहरु काठमाडाै पुगेका हुन् ।

    काठमाडाै पुगेका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासकाे मत दिएसँगै काङ्गग्रेस सरकारमा जाने तयारीमा छ । केही दिनभित्रै मन्त्रीमण्डल विस्तारकाे तयारी भइरहँदा काङ्ग्रेस तनहुँका नेताहरु तनहुँका सांसद शङ्कर भण्डारीलाई मन्त्री बनाउनुपर्ने भन्दै सभापति देउवासँग भेटेका छन् ।

    May be an image of 8 people, people standing and people sitting