दमौली । निर्वाचन आयोगले तनहुँ-१ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले तनहुँ-१ को उपनिर्वाचनका लागि जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई नियुक्त गरेको हो। आचार्य जिल्ला अदालतका न्यायाधीश हुन्।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँमा चैत २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।