पोखरामा मिनी माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरामा मिनी माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०७९, शुक्रबार

    पोखरा । पोखरामा मिनी माइक्रोले ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको छ। शुक्रबार दिउँसो न्युरोडमा मिनी माइक्रोले ठक्कर दिँदा स्कुटर चालक पोखरा महानगरपालिका–८ का ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।

    चिप्लेढुंगाबाट आउँदै गरेको ग १ ज ४५४० नम्बरको मिनी माइक्रोले सोही दिशाबाट आइरहेको ग ५ प ९४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। दुर्घटनामा परेर गम्भिर घाइते थकालीलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरे।

    प्रहरीका अनुसार माइक्रोले स्कुटर चालकलाई सडकमै घिसारेर ३३ मिटर तल पुर्‍याएको थियो। प्रहरीले सवारी चालक र माइक्रोलाई नियन्त्रणमा लिएको छ। पोखरामा नगर बस र माइक्रोको ज्यादती बढ्दो छ। यसअगाडि चैत ३ गते पनि पोखराको चिप्लेढुंगामा नगरबसले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको थियो।