तनहुँका माओवादी नेता भन्छन् – गठबन्धनका नाममा सधैं भाेट हाल्न सकिएन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका माओवादी नेता भन्छन् – गठबन्धनका नाममा सधैं भाेट हाल्न सकिएन

    खबरपुञ्ज संवाददाता

    १९ चैत्र २०७९, सोमबार

    दमाैली । तनहुँ क्षेत्र नम्बर १ का सांसद रामचन्द्र पाैडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त रहेकाे याे क्षेत्रमा माओवादीले दावा गरेकाे थियाे । याे पटक पाैडेललाई जिताएकाे गुन काङ्ग्रेसले तिराेस् भन्ने माओवादीकाे चाहना थियाे ।

    साेही बमाेजिम माओवादी नेता कार्यकर्ता तनहुँ १ मा माओवादीकाे उम्मेदवार हुनुपर्ने भन्दै अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्न काठमाडाै पुगेका थिए । सो भेटमा उनीहरुले तनहुँ-१ मा जसरी पनि आफूहरुको उम्मेदवार हुनुपर्ने बताएका थिए ।

    तर कांग्रेसले सो रिक्त पद नछाड्ने भएपछि गोविन्द भट्टराई उम्मेदवार बनेका छन् । उनले सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।

    यता नेकपा माओवादीका नेता कार्यकर्ताले सधै गठबन्धनका नाममा अरुलाई मत हाल्नुपर्ने भएपछि असन्तुष्ट व्यक्त गर्न थालेका छन् ।

    नेकपा माओवादीका नेता सिद्धान्त थापा मगरले गठबन्धनका नाममा सधैँ अर्कालाई भोट हाल्न नसिकने बताए । उनले यसपटक आफूले भोट नै नहाल्ने बताए । उनले भने, ‘कहिले एकताको नाममा, कहिले गठबन्धनको नाममा, कहिले सेलिब्रेटिको नाममा, वाह नेपाली राजनीति मैले मानिदिनुपर्ने । माफ गर्नुहोला मेरो भोट बाकसमा गएन यसपालि ।’

    नेकपा माओवादीका युवा नेता सुदिन पौडेलले तनहुँ -१ का माओेवादी नेताहरुले राजनीति छाडे हुन्छ भन्दै असन्तुष्टि जनाएका छन् । उनले भनेका छन्, ‘तनहुँ क्षेत्र नम्बर १ मा माओवादी केन्द्रको तर्फबाट केन्द्र देखि प्रदेशसम्म राजनीति गर्ने नेताहरुवो अब राजनीति छाडे हुन्छ । सहि समयमा सहि निर्णय गर्न नसक्नेहरुको राम्रो मूल्यांकन सहिद परिवार, ईमानदार कार्यकर्ता र मतदाताले बेला आएपछि अवश्य गर्नेछन् ।’