दमौलीको भाषणलाई लिएर गगनमाथि बाबुरामको टिप्पणी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दमौलीको भाषणलाई लिएर गगनमाथि बाबुरामको टिप्पणी

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०७९, मंगलवार

    काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार दमौलीमा आयोजित कार्यक्रममा डा. स्वर्णिम वाग्लेको विरोध गरे । उनले वाग्लेलाई पेन्सन पकाएर राजनीतिमा आएको टिप्पणी गरेका थिए ।

    थापाले भनेका थिए, ‘म यति वर्ष विदेशमा बसेर यो काम गरेर आएको, म यतिको जागिर छाडेर आएको भन्नुहुन्छ भने मलाई भन्न मन लाग्छ- मैले त जागिर नै नखाएको। तिमीले त खाएर छोडेर आएको। तिमीले जागिर खाएको, घर बनाएको, पेन्सन पकाएको अनि आएको हो। म त त्यो बेलामा सडकमा लडेर बसेको हो। छातीमा ढुंगा खाएर बसेको हो। विदेश जान नसक्ने भएर होइन, जाने क्षमता नभएर पनि होइन। तिमी गयौ भन्नेमा मेरो प्रश्न होइन तर तिमी यहाँ (स्वदेश) बस्यौ भन्नेमा तिमीले प्रश्न गर्‍यौ भने तिमी किन गयौ भन्ने म पनि प्रश्न गर्छु।’

    सोही भनाईमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले टिप्पणी गर्दै भनेका छन्, ‘जागीर खाने, ढुंगा खाने,गोलघर खाने,गोली खाने वीच को ठूलो भन्ने जुहारी रोचक छ । हिजो लोकतन्त्रको लडाइॅ प्रमुख हुँदा ढुंगा,जेलनेल,गोली खाने ठूला हुनु स्वाभाविक थियो।आज सुशासन र समृद्धिको मुद्दा प्रमुख बन्दा किताब,इन्टरनेट,जागीर खानेहरूको भूमिका ठूलो हुन्छ नै, अतःएकअर्कालाई सम्मान गरौं ।’