पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०७९, बुधबार

    एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।

    उनीमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ ।