दमौली । नेकपा एमालेले वैशाोक १० गते हुने उपनिर्वाचनको परिचालन गर्न केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला सह–इन्जार्च भगवती न्यौपानेको संयोजकत्वमा १ हजार ५ सय सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । क्षेत्रीय समन्वय कमिटीको बैठकले निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको हो ।
सो कमिटीमा सम्बन्धित क्षेत्रका जिल्ला कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका सदस्यहरु, गाउँ तथा नगर कमिटीका पदाधिकारी तथा सदस्यहरु, जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरु एवं पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु सदस्य छन् ।
एमालेबाट तनहुँ-१ मा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल उम्मेदवार छन्।