दमौली । तनहुँ-१ मा नेकपा एमालेका उन्मेदवार सर्वेन्द्र खनालले निर्वाचन क्षेत्रलाई देशकै नमूना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मतदाता भेट्न घरदैलोमा व्यस्त रहेका खनालले तनहुँ क्षेत्र नम्बर १ लाई देशकै नमुना क्षेत्र बनाएर देखाउने बताए ।
भावना जोडिएको जन्मभूमिमा रहेको बताउँदै उनले यहॉको माटो छुँदै कसम खाएर नमूना काम गर्ने उल्लेख गरे । तनहुँ क्षेत्र नम्बर १ घुम्दा, यहाँका समुदायसँग साक्षात्कार गर्दा स्थानीय समस्या र सम्भावनाहरु पहिल्याएको उनले बताए । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पलाई साकार पार्ने क्रममा पक्कै पनि तनहुँ क्षेत्र नम्बर १ स्वतः समृद्धिको मार्गमा अघि बढ्ने खनालको भनाई छ ।