पोखरा । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । एनआरएनए जापानको आसन्न महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने श्रेष्ठले बताए ।
विगत १५ वर्षदेखि जापान रहेर व्यवसाय सञ्चालन गर्दै श्रेष्ठ बाग्लुङ समाज जापानको अध्यक्ष भइसकेका छन् । एनआरएनए जापानको सल्लाहकार, मानर्थ सदस्य, प्रवक्ता हुदै अहिले महासचिव छन् ।
एनआरएनको अन्तराष्ट्रिय अभियानमा श्रेष्ठ सुशासनको क्षेत्रमा काम गर्ने नेताको रुपमा चिनिन्छन् । प्रवक्ता रहदा एनआरएनए जापानमा भएको करोडौं भ्रष्टाचारबिरूद्ध उनले आवाज उठाएका थिए । सो भ्रष्टाचारको घटना सार्वजनिक भएपछि सत्य तथ्य पत्ता लगाउन संस्थापक अध्यक्ष राजन प्रधाङ्गनको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन भएको थियो ।
समितिले झन्डै दुई करोड रुपैयाँ भन्दा माथिको रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । बागलुङका श्रेष्ठ तेक्वान्दोका राष्ट्रिय खेलाडी समेत हुन् ।