कृष्णभिरमा रोकिएका ग्यास बुलेट र हेभी सवारी पास गराइयो, बिहीबारबाट दुईतर्फी चल्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कृष्णभिरमा रोकिएका ग्यास बुलेट र हेभी सवारी पास गराइयो, बिहीबारबाट दुईतर्फी चल्ने

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०८३, आईतवार

    काठमाडौं, २८ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ ।

    दुईवटा बुलडोजर प्रयोग गरेर सडक सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएसँगै केहीबेरअघिबाट सडक आंशिक रुपमा सञ्चालनमा आएको हो ।

    तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराइएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।

    भित्तामा नालीको काम बाँकी भएकाले बिहीबारबाट त्यो काम सकेर दुईतर्फी नै सञ्चालनमा ल्याइने पनि उनले बताए ।