दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाइले विश्वले चिनेको स्वर्णिम वाग्लेले तनहुँ–१ बाट चुनाव जित्ने बताएका छन् । देवघाट गाउँपालिकामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रसाइले तनहुँका मतदाता विवेकी भएकाले स्वर्णिमलाई जिताएर संसदमा पठाउने बताए ।
“अब हाम्रो दिन आउँछ, एकको बदला तीन आउँछ, डा. वाग्लेले घात गर्नुहुन्न,” उनले भने, “तनहुँका जनताले परिवर्तन खोजेका छन् । वैशाख १० गते तनहुँका जनताले मत परिवर्तन गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौ ।”
स्वर्णिमको उम्मेदवारीले कतिपयलाई औडाहा भएको भन्दै प्रसाइले भने, “कोही नेता त भन्दै थिए हामी त ढुंगा हानेर आएको, आदरणीय गगन जी तपाईप्रति मेरो पनि केही सम्मान थियो तर तपाईको नियतमा नै खोट रहेछ ।’ ढुंगा हानेको व्याजले सधैभरी मन्त्री हुन्छु भनेर नसोच्न प्रसाइले गगन थापालाई आग्रह गरे ।