अडिओ प्रकरणमा ढाकाकुमार भन्छन्- न्यायालय गइसकेको छु, क्लिन चिट लिएर आउँछु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अडिओ प्रकरणमा ढाकाकुमार भन्छन्- न्यायालय गइसकेको छु, क्लिन चिट लिएर आउँछु

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०७९, बुधबार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले आफूलाई सुनयोजित रुपमा फसाउन खोजेको दाबी गरेका छन्। उनले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ सत्य नभएको बताए।

    पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अडियो इडिट गरेर बनाएको बताए। उनले आफू हिजोबाटै न्यायालयमा गइसकेकाले क्लिन चिट लिएर आउने बताए।

    उनले भने, ‘न्यायालयबाट क्लिन चिट लिएर आउँछु, त्यतिबेलासम्म धैर्य गर्नुहोला। मेरो कारणले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो स्थिति परेको छ। त्यसप्रति म क्षमाप्राथि छु। यो अडिओलाई ध्यानमा नराखी हाम्रो तीनै क्षेत्रका उम्मेदवारलाई सहयोग गर्नुहोला। यो अडिओ केही पनि होइन। सुनयोजित रुपमा ल्याइएको हो।’