ढाका श्रेष्ठ रास्वपाबाट निस्कासित, विन्दबासिनीलाई सांसद बनाउने निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ढाका श्रेष्ठ रास्वपाबाट निस्कासित, विन्दबासिनीलाई सांसद बनाउने निर्णय

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०७९, बुधबार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निस्कासन गरेको छ ।

    सो पार्टीको आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको छ ।

    व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि पार्टी कार्यालय बसेको केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको हो ।

    तर, उनले आफूलाई फसाउनको लागि सुनुयोजित रुपमा अडिओ इडिट गरेर ल्याइएको दाबी गरेका छन् । उनले आफू न्यालयमा गइसकेकाले क्लिन चिट लिएर आउने दाबी गरेका छन् ।