आणविक विस्फोट अनुगमनको उच्च प्रदर्शन कम्प्युटिङ कार्यशालामा नेपाली युवा वैज्ञानिक चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आणविक विस्फोट अनुगमनको उच्च प्रदर्शन कम्प्युटिङ कार्यशालामा नेपाली युवा वैज्ञानिक चयन

    खबरपुञ्ज संवाददाता

    ३० चैत्र २०७९, बिहीबार

    काठमाडाै । हेटौडाका युवा वैज्ञानिक निश्चल बानियॅां आणविक विस्फोट अनुगमनको बारेमा उच्च प्रदर्शन कम्प्युटिङ कार्यशालामा सहभागी हुने भएका छन् ।

    भियना, अष्ट्रियाको सिटिबिटिओ मुख्यालयमा मे १५-१७ सम्म हुने कार्यशालामा नेपालका बानियाँ सहभागी हुन लागेका हुन् ।

    युवा वैज्ञानिक तथा रासायनिक ईन्जिनियर बानियॅांलाई कार्यशालामा भाग लिनका लागि आयोजकहरुले पूर्ण अनुदान प्राप्त प्रतिनिधिको रूपमा चयन गरेका छन्। उनले आणविक विस्फोट अनुगमनको लागि उच्च प्रदर्शन कम्प्युटि प्रयोग गरेर सिमुलेशन क्षमताहरूको विषयवस्तुमा कागज पनि प्रस्तुत गर्ने छन् ।

    कार्यशालाको उद्देश्य भूमिमा, सागर र वातावरणमा कुनै पनि आणविक विस्फोटहरूको लागि विश्वलाई अनुगमन गर्न उच्च प्रदर्शन कम्प्युटिकाे उपयोग बारे मा छलफल गर्नु हो । हाल उनी नेपाल युनेस्को संघ संस्थान तथा क्लबहरुको राष्ट्रिय महासंघका प्राकृतिक विज्ञान विभागका प्रमुखको रूपमा काम गरिरहेका छन् ।