तनहुँ र झापाका सहकारीकर्मीबीच छलफल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँ र झापाका सहकारीकर्मीबीच छलफल

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँ जिल्ला र झापा जिल्लाका सहकारी तथा संगठनकर्मी साथीहरूबीच तनहुँको दमौलीमा बिहीबार अन्तर्क्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

    राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लिमिटेड तनहुँका अध्यक्ष रामचन्द्र पण्डितको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन, कोशी प्रदेश ईन्चार्ज लक्ष्मी प्रसाद गुरागाईं, राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि झापाका अध्यक्ष वशिष्ठ अधिकारी, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा तनहुँ ईन्चार्ज विजय कुमार श्रेष्ठ, पेशागत महासंघ नेपाल, झापाका अध्यक्ष तुलसी प्रसाद भण्डारी समेतको विशेष उपस्थिति रहेको थियो ।

    राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. झापाको आयोजनामा सहकारी अवलोकन भ्रमणमा रहेका सहकारीकर्मीलाई राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लिनिटेड तनहुँ तथा नेपाल निजामती कर्मचारी संगठन, तनहुँले स्वागत गरेको थियो।