करेन्ट लागेर घाइते शिक्षकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    करेन्ट लागेर घाइते शिक्षकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०८०, सोमबार

    दमाैली । तनहुँको घिरिङ गाउँपालिका–२ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते शिक्षकको साेमबार मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका–२ बस्ने २७ वर्षीय जीवन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

    पार्वती आधारभूत विद्यालयमा भर्खरै नियुक्त भएका शिक्षक रोकाया विद्यालयबाट फर्किदै गर्दा कोलडाँडामा लत्रिएको थ्री फेस लाइनको तारमा मोटरसाइकल छोइएको थियो । घाइते उनको आज पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मोटरसाइकल चालक मध्यनेपाल नगरपालिका–७ करापुरटार बस्ने ५० वर्षीय तीर्थ घिमिरेको घाइते अवस्थामा पोखरामा उपचार भइरहेको छ ।