दमाैली । गत चैत २० गते तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापाले डा. स्वर्णिम वाग्लेमाथि चर्को आलोचना गरे । त्यतिबेला थापाले वाग्लेलाई अवसरवादीको संज्ञा दिए ।
आफूहरु नेपालको परिवर्तनका लागि ढुंगा हान्दै गर्दा वाग्ले विदेशमा जागिर खाइरहेको भन्दै थापाले उनको आलोचना गरे । कांग्रेसमा हुँदा थापाको निकट रहेका वाग्लेले दल फेरेर रास्वपाबाट उम्मेदवार बनेपछि थापा आक्रोशित बनेका थिए ।
त्यतिबेला थापाको सामाजिक सञ्जालमा चर्को आलोचना भयो । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त ट्विटरमार्फत् थापाको आलोचना गरे ।
सत्तारुढ गठबन्धनले मंगलबार दमौलीमा आयोजना गरेको चुनावी सभामा भने वाग्लेको प्रसंगै निकालेनन् । बरु उनले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको प्रशंसा गरे । संसदमा भट्टराईको उपस्थिति आफूहरुले चाहेको थापाले बताए ।