यूएईमा नेपाली चालकले जिते ७१ करोड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    यूएईमा नेपाली चालकले जिते ७१ करोड

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडाै । संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका एक नेपालीको क्षणभरमै भाग्य चम्किएको छ। पदम नाम गरेका नेपाली चालकले यूएईको महजुजको १२४औँ ड्रमा २ करोड दिर्हाम राशिको पुरस्कार जितेका हुन्। 

    २ करोड दिर्हामको बुधबारको विनिमय दरअनुसार नेपाली ७१ करोड ७० लाख हाराहारीमा हुन आउँछ।  उनको चिठ्ठाका सबै पाँचवटा नम्बरहरु ५, १०, ४१, ४६ र ४९ मिलेको थियो। उक्त ड्रको नयाँ संरचनाअनुसार सन् २०२३ मा विशाल राशिको पुरस्कार जित्ने उनी पहिलो व्यक्ति भएको खालिजटाइम्सले जनाएको छ।  

    पदमले हरेक महिना ५७०० दिर्हाम आम्दानी गर्दै आएका छन्। काममा व्यस्त हुनुका बाबजुद उनी मानिसहरुलाई पनि सहयोग गर्दै आएका छन्।