तनहुँ–१ को प्रतिनिधिसभा सदस्यमा डा. वाग्ले निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ–१ को प्रतिनिधिसभा सदस्यमा डा. वाग्ले निर्वाचित

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०८०, मंगलवार

    दमौली । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना अनुसार ३४ हजार नौ सय ११ मत प्राप्त गरी डा. वाग्ले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले) का सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिृकत मीनबहादुर कुंवरले जानकारी दिए ।

    यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेका छन् ।

    निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो ।

    तनहुँ–१ का प्रतिनिधिसभा सदस्य नेपाली काङ्ग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको यो स्थानमा आइतबार मतदान भएको थियो ।

    गोरखाको बुङ्कोटमा जन्मिनुभएका डा. वाग्ले राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्ष भइसकेका छन् । उनी हालै मात्र उक्त पार्टी प्रवेश गरी तनहुँ–१ बाट उम्मेदवार बनेका थिए ।