चितवन । समर्थकको गाली खाएकी किशोरीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का नवनिर्वाचित सांसद रवि लामिछाने माफी मागेका छन् ।
ती किशोरीले उपनिर्वाचनमा लामिछाने टुरिष्ट उम्मेदवार भएकाले कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई मतदान गर्छु भन्दै एक अन्तर्र्वार्ता दिएकी थिइन् ।
लामिछानेको विरुद्धमा बोलेको भन्दै समर्थकहरु ती किशोरीमाथि खनिएका थिए । चितवन २ बाट सानदार जीत निकालेपछि बुधबार किशोरीको घरमै पुगेर लामिछानेले माफी मागेका छन् ।
उनले लोकतन्त्रमा बोल्न पाइने भन्दै आफूलाई लागेको कुरा निर्धक्क भन्न आग्रह गरेका थिए ।
आफूले गाली नगरेको भन्दै रविले भनेका छन्, ‘सरी नानु । म यसरी बसेर सरी भन्छु, तपाईं छोरी जस्तो बहिनी जस्तो मान्छे । जसले गाली गरे पनि मैले भनेर गरेको होइन । जसले गाली गरेको भए पनि उनीहरूको तर्फबाट म माफी माग्छु ।’