गण्डकीको चौथो मुख्यमन्त्री बने सुरेन्द्रराज पाण्डे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीको चौथो मुख्यमन्त्री बने सुरेन्द्रराज पाण्डे

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०८०, बिहीबार

    पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादी पार्टीका १ गरेर ३५ सांसदको हस्ताक्षरसहित केही बेर अगाडि पाण्डेले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

    प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार सरकार गठनका लागि आह्वान गरेका थिए । ३ दिनको म्याद दिएर गुरुङले नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि आह्वान गरेका गरेका हुन् । सोही अनुसार पाण्डेले दाबी पेश गरेका थिए ।

    माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि वैशाख ९ गते सरकार ढलेको थियो । उनी पुस २५ गते मुख्यमन्त्री बनेका थिए । केन्द्रको सत्ता समीकरण बदलिएसँगै माओवादीले चैत १० गते समर्थन फिर्ता लिएपछि अकिकारी नेतृत्वको सरकार धरमराएको थियो ।