काठमाडौ । पूर्वमन्त्री एवं बारा-४ का सांसद कृष्णकुमार श्रेष्ठले अयोग्य लडाकुलाई दुई लाख दिनुभन्दा सीप सिकाउनु उपयुक्त हुने बताएका छन् । शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘संघीयता, लोकतन्त्र, गणतन्त्र ल्याउनका लागि उहॉहरुको पनि योगदान छ । मेरो व्यक्तिगत धारणा भन्ने हो भने उहॉहरुलाई आयआर्जनका सीप दिनुपर्छ । यो दुई लाखले केही हुँदैन ।’
यो निर्णय २०७४ सालमै भएपनि सर्वोच्च अदालतले रोकेको र अहिले फेरि फुकुवा भएको भन्ने आफूले जानकारी पाएको भन्दै श्रेष्ठले भने, ‘गठबन्धनका नेताहरुबीच छलफल होला । दुई लाख भन्दा बढी हुने आयआर्जनका सीप सिकाउँदा राम्रो होला । मेरो पार्टीको आधिकारिक धारणा पनि आउँला ।’