नेपाल एसीसी कपको फाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपाल एसीसी कपको फाइनलमा

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०८०, शनिबार

    काठमाडौ । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । किर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएपछि खेल नतिजा विहीन हुदाँ नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

    जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाइरहँदा खेल वर्षाको कारण रोकिन पुगेको थियो । यसअघि पनि रोकिएको खेल पुनः सुरु गरिएको थियो । तर, फेरी खेल मैदानमा भीषण बर्षापछि पुरै खेल नखेली समुह विजेता बन्दै नेपाल फाइनलमा पुगेको हो ।

    नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धामा उत्रेका थिए । पटक पटक परेको पानीका कारण खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।