दमौली । प्रधानन्यायाधीश नियुक्त गर्न माग गर्दै नेपाल बार एशोसिएसन तनहुँले आइतबार दबाबमूलक कार्यक्रम गरेको छ । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायीहरुले आइतबारदेखि विरोध प्रदर्शन सुरु गरेका हुन् ।
एशोसिएसनको नेतृत्वमा हुने विरोध कार्यक्रम आजबाट एक हप्तासम्म सन्चालन हुने छ ।
प्रधानन्यायाधीश नियुक्तिमा ढिलाई भएकाले सरकारको ध्यानाकर्षणका लागि दबाबमूलक कार्यक्रम गरिएको तनहुँ बारका अध्यक्ष भानुभक्त सुवेदीले जानकारी दिए ।