नेपाल ट्रेड युनियन काङ्ग्रेस तनहुँको अध्यक्षमा केसी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल ट्रेड युनियन काङ्ग्रेस तनहुँको अध्यक्षमा केसी

    खबरपुञ्ज संवाददाता

    १९ बैशाख २०८०, बुधबार

    दमाैली । नेपाल ट्रेड युनियन काङ्ग्रेस तनहुँकोे अध्यक्षमा कृष्णबहादुर केसी चयन भएका छन् । बुधबार समपन्न सातौ जिल्ला अधिवेशनबाट केसीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।

    जसको खुल्ला उपाध्यक्षमा विश्वनाथ अधिकारी, महिला उपाध्यक्षमा कमलादेवी काफ्ले, सेवा क्षेत्र उपाध्यक्षमा प्रमोद सोती, उत्पादन क्षेत्र उपाध्यक्षमा सन्तोष वाग्ले, अनौपचारिक तथा स्वरोजगार उपाध्यक्षमा देवी न्यौपाने पौडेल, सचिवमा पशुपति अर्याल, सहसचिवमा तीर्थराज परियार बर्देवा, हरिशचन्द्र कोइराला, कोषाध्यक्षमा कृष्णप्रसाद तिवारी, सहकोषाध्यक्षमा उर्मिला जलारी चयन भएका छन् ।

    सदस्यहरुमा रिआइत मियाँ, नारायण बानियाँ, सुदीप कंडेल, बुद्धिबहादुर बराली, रामबहादुर गदाल, रश्मी सेढाइँ घिमिरे र सन्जु पौडेल लम्साल चयन भएका छन् ।