


तनहुँ, १५ कात्तिक । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा तीन जना मानिसलाई नियन्त्रणमा लिइएको छ।
लागुऔषध नियन्त्रण, अवैध मदिरा, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग नियन्त्रणलगायतका उद्देश्यले शनिबार सञ्चालन गरिएको कारबाहीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएकामध्ये एक जनालाई अनुसन्धानपश्चात् आफन्तको जिम्मा लगाएर छाडिएको छ भने दुई जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।