दमाैली । व्यास नगरपालिकामा वैशाख २४ र २५ गते कोभिड १९ विरुद्ध बुस्टर खोप अभियान सञ्चालन हुने भएको छ । नगरपालिकाको सबै वडाको स्वास्थ्य संस्थामार्फत् बुस्टर खोप लगाउन लागेको हो ।
कोभिड १९ विरुद्धको पहिलो श्रृङ्खला (ज्यान्सेन खापको एक मात्रा र अन्य कोभिड विरुद्धको खोपको हकमा दुई मात्रा) पूरा गरी तीन महिना भएका १२ वर्षमाथिका सम्पूर्ण नागरिकलाई पहिलो बुस्टर खोप र पहिलो बुस्टर प्राप्त गरेको छ महिना भएका व्यक्तिलाई दोस्रो मात्रा बुस्टर खोप लगाउन लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।