गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०८०, बिहीबार

    पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्। प्रदेश सभाको बिहीबार बसेको बैठकमा उनले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो। 

    मुख्यमन्त्री पाण्डेलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ जना गरी ३५ जना सांसदले विश्वासको मत दिएका थिए।

    उनको विपक्षमा नेकपा एमालेका २२ र राप्रपाका २ गरी २४ जना सांसद छन्। 

    ६० जना सदस्य रहेको गण्डकी प्रदेश सभामा बहुमत जुटाउन ३१ जना सांसदको समर्थन चाहिन्छ।

    गण्डकीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका थिए। 

    वैशाख १४ गते मुख्यमन्त्री भएका पाण्डेले १५ गते सपथ ग्रहण गरेका थिए भने सोही दिन कांग्रेसबाट सरस्वती अर्याल तिवारी, माओवादी केन्द्रका सुशिला सिम्खडालाई मन्त्री नियुक्त गरेका थिए।

    विश्वासको मत पाएपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिने र मन्त्रीहरूको कार्यविभाजन गर्ने बताएका छन्।