ढोरपाटनमा पूर्णिमाको रौनक (तस्बिरहरु)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    ढोरपाटनमा पूर्णिमाको रौनक (तस्बिरहरु)

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०८०, आईतवार

    पोखरा । ढोरपाटनको विशाल घाँसे मैदानसँगै छ, उत्तरगंगा ढोरबराह मन्दिर। यो मन्दिरमा वर्षको दुई पटक ठूलो मेला लाग्छ, वैशाख पूर्णिमा र जनैपूर्णिमाको दिन।

    शुक्रबार वैशाख पूर्णिमाको अवसरमा ढोरपाटनको ढोरबराह मन्दिरमा विशेष मेला लाग्यो। मेलामा बाग्लुङसँगै रुकुम पूर्व, रुकुम पश्चिम, म्याग्दी, रोल्पा, पाल्पा, प्यूठानलगायतका जिल्लाबाट हजारौं दर्शनार्थी सहभागी भए। मनोकांक्षा पूरा भएपछि सयौंको संख्यामा भेडाको साँढको बली दिए।

    स्थानीयका अनुसार ढोरपाटनको ढोरबराह मन्दिरमा पहिलो पटक दर्शन गर्न पुग्नेहरु भाकल गरेर फर्कन्छन्। मनोकांक्षा पूरा भएपछि दोस्रो पटक बलीसहित पूजाअर्चना गर्न पुग्छन्।

    तस्बिरमा हेर्नुहोस्, ढोरपाटनको ढोरबराह मन्दिरमा शुक्रबार लागेको मेलाको रौनकः