ब्रतबन्धको अवसरमा मन्दिरलाई नगद दान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    ब्रतबन्धको अवसरमा मन्दिरलाई नगद दान

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०८०, सोमबार

    दमाैली । व्यास ११ डिही गाउँ निवासी रमेश सेवा परियारले आफ्नो छोरा युकेशको ब्रतबन्धको अवसर पारेर आईतबार स्थानीय अनन्त व्यास गुफास्थित शिव मन्दिरलाई नगद ५ हजार १५ रुपैंयाँ दान गरेका छन् ।

    आफूहरु हिन्दुधर्मावलम्बी भएकोले जातिय कर्मसँगै धार्मिक मठ मन्दिरको विकासमा हातेमालो गर्ने अभियान स्वरुप आफूले छोराको ब्रतबन्धमा नगद प्रदान गरेको बुबा रमेशले बताए । युकेशका हजुरबुबा विलबहादुर परियार, हजुरआमा विष्णुमाया परियार, बुबा रमेश, आमा सुनिता र युकेशले संयुक्त रुपमा मन्दिर संरक्षण समितिका अध्यक्ष राजेन्द्र सोतीलाई नगद प्रदान गरेका हुन् ।

    सामाजिक विकासको लागि प्रत्येक परिवारको योगदान हुनुपर्छ भन्ने सन्देश दिन पनि आफूले ब्रतबन्धको अवसर पारेर शिव मन्दिरलाई दान दिएको युकेशका बुबा रमेशले जानकारी दिए । छोरा युकेश लगायतमा सामाजिक कार्यको लािग सहयोग गर्नु पर्ने रहेछ भन्ने भावनाको विकास गराउनु पनि आफ्नो उद्धेश्य रहेको उनले बताए ।

    परियार परिवारबाट प्रत्येक व्यक्तिले आफ्नो घरमा हुने विभिन्न कर्महरुमा सामाजिक क्षेत्रलाई पनि सहयोग गर्नु पर्दो रहेछ भन्ने सकारात्मक सन्देश प्रवाह भएको समितिका अध्यक्ष सोतीले बताए । यस्तो कार्यको सबैले अनुकरण गर्न सके समाजमा रचनात्मक प्रभाव पर्ने उनले बताए ।