आजदेखि कक्षा १२ को परीक्षा सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आजदेखि कक्षा १२ को परीक्षा सुरु

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०८०, मंगलवार

    काठमाडौं । आजबाट कक्षा १२ को परीक्षा सुरु हुँदैछ ।परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा विहान ८ बजेबाट सुरु हुने छ ।

    जेठ ५ गतेसम्म सञ्चालन हुने परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी हुँदैछन् । त्यसैगरी ५६ हजार बढीले ग्रेडवृद्धि परीक्षा दिने कार्यालयले जनाएको छ ।

    देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

    विद्यार्थीले दुई वा दुई भन्दा कम विषयमा ल्याएको अवस्थामा सोही वर्ष र त्यस भन्दा माथि जति विषयमा एनजी ल्याउँछन् ती विषयमा मात्र तीन वर्षसम्म परीक्षा दिने पाउनेछन् ।