बन्दीपुर गाउँपालिकाले आफ्नै लोगो बनाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुर गाउँपालिकाले आफ्नै लोगो बनाउने

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०८०, बुधबार

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले आफ्नै लोगो बनाउने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको वैशाख १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा  भौगोलिक पहिचान झल्किने गरी लोगो बनाउनका निर्णय गरेको हो ।

    लोगो डिजाइनको लागि खुला प्रतिस्पर्धात्मक विधिबाट निर्माण गर्नका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न सर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिने निणर्य भएको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

    छनौट हुने लोगो डिजाइनकर्ताले नगद २५ हजार पुरस्कार पाउने बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले बताए।