खाण पक्राउसँगै उनले ल्याएका गृहसचिव सिंहको सरुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    खाण पक्राउसँगै उनले ल्याएका गृहसचिव सिंहको सरुवा

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०८०, बुधबार

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन तथा अनुसन्धान तीव्र भइरहेका बेला गृहसचिव फेरिएको छ । गृहसचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानेर उनको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई पठाइएको हो ।

    कांग्रेस नेता बालकृष्ण खाण गृहमन्त्री हुँदा सिंहलाई गृहमा ल्याइएको थियो । खाणलाई आज बिहान प्रहरीले पक्राउ गरिसकेको छ । खाण पक्राउ परेकै बेला खाणले नै गृहसचिवमा ल्याएका सिंहको सरुवा गरिएको हो । सिंहभन्दा अघिका गृहसचिव हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।

    जिम्मेवारी सम्हालेको २ महिना पुग्नेबित्तिकै तत्कालीन गृहमन्त्री खाणको पहलमा कोशी प्रदेश प्रमुख सचिवको पद रिक्त राखेर सिंहलाई गृहको जिम्मेवारी दिएको थियो ।