खाँण समातिएपछि प्रदीपले भने : कसैलाई चाेख्याउने काम नहाेस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    खाँण समातिएपछि प्रदीपले भने : कसैलाई चाेख्याउने काम नहाेस्

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०८०, बुधबार

    काठमाडाै । नेपाली काङ्ग्रेसका नेता प्रदीप पाैडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई चाेख्याउन नहुन बताएका छन् । काङ्गग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि पाैडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नुपर्ने बताए।

    उनले भने, ‘कोही कसैले वा कहीं कतै बाट प्रभावित गर्ने काम हुनुहुँदैन । प्रकरणमा संलग्न जाे कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस् । काे कुन पार्टीमा छ, काे सँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन होस् । अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानुनी कठघरामा ल्याइयोस् । अनुसन्धान प्रकियामा निष्पक्ष भएर दृढता पूर्वक सरकार अगाडि बढोस् ।’