प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०८०, शुक्रबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण सुरु भएको छ । छाब्दीवाराही विकास कोषले मन्दिरको पुनःनिर्माण गर्न लागेको हो ।

    नयाँ संरचनास्वरुप सहितको मन्दिर र तामाको छानो छाउन काम सुरु भएको विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए। गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट मन्दिरको छानो तामाले छाउनका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ । सोही बजेटबाट काम सुरु भएको थापाले बताए।

    “कोषको सक्रियतामा मन्दिरलाई नयाँ संरचनामा निर्माण गर्न लागिएको छ, नयाँ संरचनासहितको मन्दिर र तामाको छानो छाउनका लागि रु ८० लाख बजेट अनुमान गरिएको छ”, थापाले भने। मन्दिरको पुनःसंरचना गरेपछि थप आकर्षण देखिने उनकाे दाबी छ ।

    यहाँ साउन, एकादशी र आँैशीबाहेकका दिनमा बलि चढाइने गरिन्छ । मन्दिरमा पूजाआजा गरेर मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । यहाँ तनहुँसहित छिमेकी जिल्ला कास्की, गोरखा, लमजुङबाट भक्तजन आउने गरेका छन् ।

    दमौली बजारदेखि सात किलोमिटर दूरीमा अवस्थित छाब्दीवाराही मन्दिर पुग्नका लागि कालोपत्र सडकको व्यवस्था छ ।