दमौली । नक्कली भुटानी शरणार्थी प्रकरण लगायत भ्रष्टाचारी विरोधी अभियानमा नेकपा माओवादी निकट वाइसिएल तनहुँले समर्थन गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले भ्रष्टाचार न्यूनीकरणमा थालेको अभियानलाई वाइसिएलले समर्थन गरेको हो ।
व्यास-३ अनसन चौतारीमा शुक्रबार आयोजित खबरदारी सभामा वाइसिएल गण्डकी सहसंयोजक इश्वर बस्यालले भ्रष्टाचारमा संलग्न जोकसैलाई कारवाही हुनुपर्ने बताए । उनले भने, ‘ठूला नेता भ्रष्टाचारमा लिप्त भएको अवस्थामा प्रचण्ड सरकारले केही काम गर्ने खोजेकामा धन्यवाद दिन चाहन्छौ । यो प्रकरणमा हाम्रै पार्टीका नेता भएपनि कारबाही हुनुपर्छ ।’
वाइसिएल तनहुँका अध्यक्ष केहरसिं आलेले भ्रष्टाचार राष्ट्रघाती काम भएकाले प्रचण्ड सरकारले फाइल खोलेर ऐतिहासिक काम गरेको बताए ।