रिटेनिङ वाल गुणस्तरहीन भएको भन्दै १ लाख ३२ हजार भोल्टको हाइटेन्सन पोलमा चढे युवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रिटेनिङ वाल गुणस्तरहीन भएको भन्दै १ लाख ३२ हजार भोल्टको हाइटेन्सन पोलमा चढे युवा

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०८०, शनिबार

    विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका एक युवा विजुलको हाइटेन्सन पोलमा चढेका छन् । वडा नं. ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण भइरहेको रिटेनिङ वालको  गुणस्तर कमसल भएको विरोधमा हाइटेन्सन पोलमा चढेका हुन् ।

    बिहान पोलमा चढेका उनलाई ओराल्ने प्रयास भइरहेको छ । उनी दुहबी दमक लाइनको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलको टुप्पोमा बसेका छन् ।

    गाउँपालिका अध्यक्ष जीतनारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरेको भन्दै उनले आत्मदाह गर्ने चेतावनी दिएका छन् ।