हत्या आरोपमा पक्राउ परेका आमाछोरासहित ३ जना सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हत्या आरोपमा पक्राउ परेका आमाछोरासहित ३ जना सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०८०, शनिबार

    धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले छुरा हानेर हत्या गरेको आरोपमा आमा छोरा सहित तीन जना अभियुक्तलाई शुक्रवार सार्वजनिक गरेको छ ।

    होटलमा खाजा खान आएका विनोद थापा मगरलाई हत्या गरेको आरोपमा गल्छीको शानदार होटल एण्ड लजकी सञ्चालिका सरस्वती पनेरु पण्डित, उनका छोरा निरज पण्डित र किरण रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवम् प्रहरी उपरिक्षक गौतम मिश्रले बताए ।

    ‘बुधबार राति ११:४५ बजेको घटना हो । होटलमा खाजा खान आएका विनोद र होटल सञ्चालिका सरस्वतीबीच पैसाका कारण विवाद उत्पन्न भएपछि घटना घटेको थियो’, उनले भने ।

    प्रहरीका अनुसार पैसा लेनदेनको विषयमा सरस्वती र मृतक विनोदको सामान्य भनाभन भयो । सरस्वतीले छोरा निरजलाई बोलाएपछि किरण रानालाई साथमा लिएर आएका थिए । मिश्रले भने, ‘विनोदलाई ५/७ मुक्का प्रहार गरी निरजले साथमा ल्याएको फोल्डिङ वाला छुरा प्रहार गरी घाइते बनाएको अनुसन्धानबाट खुलेको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा वैशाख २८ गते बिहान पौने २ बजे उपचारको क्रममा विनोदको ज्यान गएको हो,’ उनले भने ।

    घट्नामा प्रयोग भएको छुरा घट्नास्थलदेखि ३० मिटर तल त्रिशुली नदीतर्फको किनारमा शुक्रबार बिहान प्रहरीले फेला पारेको हो । अभियुक्तले सनाखत गरिसकेपछि बरामद गरिएको उनले बताए ।

    ४७ वर्षीय आमा सरस्वती पनेरु पण्डित, २६ वर्षिय छोरा निरज पण्डित र पाल्पा तानसेन नगरपालिका १४ घरभई हाल गल्छी ८ बस्दै आएका ३० वर्षिय किरण रानालाई कर्तव्य ज्यान मुद्धामा धादिङ अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान भैरहेको एसपी मिश्रले बताए ।