स्थापना दिवसमा राष्ट्रिय युवा संघद्वारा खाद्यान्न सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    स्थापना दिवसमा राष्ट्रिय युवा संघद्वारा खाद्यान्न सहयोग

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०८०, मंगलवार

    दमौली ।स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल भिमाद नगर कमिटीले  पोखरा महानगरपालिका वडा ३२ लामेहालमा अवस्थित राधाकृष्ण वृद्धाश्रममा  खाद्यान्न  सहयोग गरेको छ ।

    सोमबार आश्रममा पुगेर राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवं तनहुँ ईन्चार्ज उज्ज्वल खनाल, केन्द्रीय सदस्य इश्वर श्रेष्ठले ३० हजार बराबरको दैनिक उपभोग्य सामान प्रदान गरेका छन् ।

    कार्यक्रममा नेकपा एमाले तनहुँका सदस्य दिना गोतामे, राष्ट्रिय युवा सघंका जिल्ला उपसचिव माधव थापा, नगर कमिटी अध्यक्ष विजय मल्ल लगायत सहभागी थिए ।