बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्छ, ढाकछोप गर्न खोजे कांग्रेसकै भविष्य अप्ठ्यारोमा पर्छ : शेखर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्छ, ढाकछोप गर्न खोजे कांग्रेसकै भविष्य अप्ठ्यारोमा पर्छ : शेखर

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०८०, बुधबार

    काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन कमजोर बनाउने प्रयास भइरहेको आशंका गरेका छन् ।

    प्रजातान्त्रिक विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै ढाकछोप गर्न खोजे कांग्रेस पार्टी नै अप्ठ्यारोमा पर्ने बताए ।

    उनले भने, ‘यसलाई ढाकछोप गर्न खोजियो भने कांग्रेसको अवस्था के हुन्छ ? भन्ने अहिले म भन्न सक्दिनँ । कांग्रेसमात्रै होइन देशकै अवस्था नाजुक भएर जान्छ । यो मुद्दा अन्तर्राष्ट्रियकरण भइसक्यो । नेपालका प्रहरीले जुन तागत पाइसकेका छन् त्यो त्यसै आइरहेको छैन भन्ने पनि बुझौं ।’

    दोषीलाई कारबाही हुनैपर्ने बताउँदै उनले मुछिएपछि बालकृष्ण खाणलाई निलम्बन गरेर जानुपर्ने बताए ।

    कोइरालाले भने, ‘यो मुद्दालाई कमजोर बनाउनका लागि अरु मुद्दाहरू ल्याइएला भन्ने चिन्ता लागेको छ । त्यतातिर पनि ध्यान जान जरुरी छ । यो मुद्दाले नेपालको सार्वभौमिकतामाथि नै प्रहार भइरहेको छ । देशको नागरिकलाई अनागरिक बनाएर मानव बेचबिखन गर्नेभन्दा लज्जास्पद केही हुन सक्दैन ।’