काठमाडाै । प्रजातान्त्रिक विचार समाजको केन्द्रीय अध्यक्षमा कुलचन्द्र वाग्ले सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार सम्पन्न समाजको महाधिवेशनबाट वाग्ले सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । तनहुँका वाग्ले नेपाल प्रेस युनियन र राससका पूर्व अध्यक्ष समेत हुन् ।
समाजको वरिष्ठ उपाध्यक्षमा इश्वरीराज लौडरी, गोकर्ण अर्याल, उपाध्यक्षमा कृष्ण केसी, कोशी प्रदेश उपाध्यक्षमा जीवनकुमार राई, मधेश प्रदेश उपाध्यक्षमा रामनारायण देव, बागमती प्रदेश उपाध्यक्षमा भरतप्रसाद दवाडी, गण्डकी प्रदेश उपाध्यक्षमा जीवलाल काफ्ले, लुम्बिनी प्रदेश उपाध्यक्षमा शंकर दिवस मजगैया, कर्णाली प्रदेश उपाध्यक्षमा धु्रवबहादुर मल्ल, सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा सुरेन्द्रबहादुर चन्द, महिला उपाध्यक्षमा अनार बस्नेत, मेनका राजभण्डारी श्रेष्ठ, महासचिवमा डा. बासुदेव भण्डारी, कोषाध्यक्षमा पुष्पमान श्रेष्ठ, उपमहासचिवमा सिभी मल्ल र सचिवमा प्रा.डा. अक्कलदेव मिश्र चयन भएका छन् ।