ऑबुखैरेनीका अध्यक्ष चुमान भन्छन् : हामी सधैं जनताको सेवामा समर्पित छौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीका अध्यक्ष चुमान भन्छन् : हामी सधैं जनताको सेवामा समर्पित छौ

    खबरपुञ्ज संवाददाता

    ९ जेष्ठ २०८०, मंगलवार

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आफूहरु सधैं जनताको सेवामा समर्पित रहेको बताएका छन् । स्थानीय तहमा निर्वाचित भएको एक वर्ष पुगेको अवसरमा चुमानले आफूहरु जनताको सेवाका लागि आएको हुँदा सधैं त्यसमै समर्पित रहने बताए ।

    निर्वाचनमा घोषणापत्र बोकेर जनतामाझ गएको र उक्त घोषणापत्रलाई कार्यान्वयन गरिरहेको उनको भनाई छ । पद बहालीकै दिन घर घरै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने पहिलो निर्णयलाई कार्यान्वयन गर्दै गएको उनले बताए ।

    उनले भने, ‘ज्येष्ठ नागरिकको अनुहारमा त्यो खुसीको पल, निःशुल्क आँखा शिविर मार्फत् आँखाको ज्योती फर्काएर उज्यालो संसार देखाउनेदेखि हालसम्म विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि रोजगार, उद्यम तथा विभिन्‍न क्षेत्रहरुमा महत्वपूर्ण जनप्रिय कार्यहरुको थालनी तथा निरन्तरता गर्दै एक वर्ष पूरा भएको छ ।’

    उनले यस अभियानमा अमुल्य साथ सहयोग दिएकामा सम्पूर्ण जनप्रतिनिधि, ऑबुखैरेनीवासी, कर्मचारी तथा सम्बन्धित संघ, संस्था तथा सबैमा आभार व्यक्त गरेका छन् ।

    गाउँपालिकाले एम्बुलेन्स सेवा समेत निशुल्क प्रदान गर्दै आएको छ। ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न वर्गका व्यक्ति मात्र नभई इमरजेन्सी, आर्थिक अवस्था कमजोर भएकालाई गाउँपालिकाभित्र मात्र नभई बाहिरका अस्पतालमा थप उपचारका लागि लैजॉदा पनि निशुल्क सेवा दिँदै आएको छ।