काठमाडौ उपत्यकामा भोलि सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौ उपत्यकामा भोलि सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८०, बुधबार

    काठमाडौं । गृह मन्त्रालयले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

    मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाकाे  तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो ।

    सूचनामा भनिएकाे छ,’ रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’